काठमाडौं– २०८१ सालको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से २.२५ को झिनो अंकले घट्दै २,०२३ को विन्दुमा पुगी बन्द भएको हो ।
यस्तै, आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम रु. ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको पुगेको छ । योसँगै आज १२७ कम्पनी नाफामा गएका छन् भने १०८ कम्पनी घाटामा छन् । १० कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
यस्तो छ नेप्सेको ग्राफ:
प्रतिक्रिया