काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
प्रतिक्रिया