काठमाडौं– खराब मौसमका कारण कतार एयरवेजले ओभरसुट गर्नु परेको छ । बिहीबार दिउँसोबाट चलेको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अस्तव्यस्त बनाएसँगै कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेका त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
यो जहाज पुनः काठमाडौं अवतरण गरिएको उनले बताए । त्यस्तै चाइनाबाट आएको जहाज बंगलादेश तथा भारतबाट आएको जहाज नयाँदिल्ली डाइभर्ट भएको थियो । खराब मैसमका कारण आन्तरिक उडान समेत प्रभावित भएर डाइभर्ट गरिएको छ । खराब मौसमका कारण आज धेरै वटा जहाज होल्ड गरिएको छ । अहिले विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता झाको भनाइ छ ।



About Us
प्रतिक्रिया