अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड


काठमाडौं–अरुण भ्याली हाइड्रोपावर कम्पनीले बुधबार १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता शेयर बाँडफाँड गरेको छ।

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोही शेयरमा आवेदन दिएका ३३ हजार ७ सय १४ जनालाई उक्त कित्ता शेयर बाँडफाँड गरिएको हो ।

हकप्रदमा नपरेको रकम चैत्र ३० गते शुक्रबार देखि सम्बन्धित शेयरधनीको खातामा कनेक्ट आईपीएस मार्फत पठाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।