काठमाडौं– नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफूहरूले सहकारी ठगी प्रकरणमा आफूहरूले कसैलाई दोषी करार नगरेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरूले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताएका हुन्।
उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा।लि।को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए।
सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने उनले बताए। उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए।
सांसद खतिवडाले नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताए। कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताए ।
प्रतिक्रिया