काठमाडौं– साताको पहिलो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ। अघिल्लो साताभरि ओरालो लागेको शेयर बजार यो साताको कारोबारको पहिलो दिन दोहोरो अंकले बढेको हो।
आज नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.७५ अकंले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको छ। आइतबार ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँँको कारोबार भएको छ।
आज फाइनान्स कम्पनीको शेयर मूल्य ५.९५ प्रतिशतले बढेको हो । त्यस्तै, वाणिज्य बैंकको ०.५८ प्रतिशत, विकास बैंक समूहको ३.१६ प्रतिशत, हाइड्रोपावर समूहको १.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १९० कम्पनी फाइदामा गएका छन् भने ४८ कम्पनीले घाटा बेहोरेका छन् । त्यस्तै आज ७ कम्पनीको कारोबार भने स्थिर रहेको छ ।
प्रतिक्रिया