काठमाडौं–बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत कृषि विकास बैंक लिमिटेडले एडिबिएल स्मार्ट एपमा कर्जाको नयाँ सुविधा शुरु गरेको छ । यस सुविधा मार्फत योग्य ग्राहकले रु.२ लाखसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाृ छ ।
कृषि विकास बैंकमा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ख एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने यसमा पूर्व भुक्तानको विकल्प पनि रहेको बैंकले जनाएको छ ।
एडिबिएल इन्स्टेन्ट फोनलोन लिन याग्य ग्राहकहरुले बाइ नाओ, पे लेटर सुविधा पनि प्राप्त गर्न सक्ने छन् । बिएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिइन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले ‘कन्भर्ट टू इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ख एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडिबिएल इन्स्टेन्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ख एप भित्र फोनलोन ब्यानर र रजिस्टर बटन देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्टेन्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरुमध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।
फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, ‘हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो। फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।’
यसै गरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । एडिबिएल स्मार्ट प्लसमा फोनलोनको सुचारु भएसँगै लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु. २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ ।’
कृषि विकास बैंक लि. ले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले विशेष गरी कृषि क्षेत्रको अग्रणी बैंक भै कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ्ख लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।



About Us
प्रतिक्रिया