नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम कति ?

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम कति ?


काठमाडौं– सोमबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज बजार ६.२६ अंककले घट्दै २,०१२ को विन्दुमा पुगी बन्द भएको छ ।

आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ पुगेको छ । यस्तै आज ८६ कम्पनी नाफामा गएका छन् भने १५१ कम्पनी घाटामा छन् । ८ कम्पनीको कारोबार स्थिर छ ।