माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाको प्रतिक्रियाः समग्रमा सन्तुलित मौद्रिक निति आयो 

माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाको प्रतिक्रियाः समग्रमा सन्तुलित मौद्रिक निति आयो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका छन् । विशेषगरी मौद्रिक नितिले कोभिड प्रभावितहरुका लागि सम्बोधन गरेको,  ऋणीहरुलाई पनि विभिन्न सहुलियतहरु प्रदान गरिएको, मर्जरमा जानलाई थप प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका हुन् ।

लघुवित्तलाई पनि ऋणपत्र निष्काशन गर्न दीईने ब्यबस्था गरिएको, सुक्क्ष्म निगरानीमा राखिनु पर्ने ऋणको अवधि बढाईएको, कोभिड प्रभावितलाई राहतको ब्यबस्था गरिएको, सहवित्तीयकरणको सीमा बढाईएकोले मौद्रिक नीति समग्रमा राम्रो रहेको उनले बताए ।

त्यस्तै उनले मार्जिन  शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा बारेको विषय स्पष्ट नभएको र एकिकृत निर्देशिकाले यस बारे थप प्रष्ट पार्ने भएकोले अहिले नै टिप्पणी गर्नु हतार हुने बताए ।

त्यस्तै मौद्रिक नीति मार्फत गरिएको कर्जा स्रोत परिचालन अनुपात अर्थात सीडी रेसियो खारेज गरि कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने व्यवस्थाले बैंकहरुको व्यवसाय गर्ने क्षमता बढ्ने उनको भनाई छ।