६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब बढी

६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब बढी


काठमाडौं– चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्षको ६ महिनामा अन्तर बैंक काराेबार बढेकाे देखिएकाे हाे।

बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा २५ खर्ब माथिकाे काराेबार भएको छ । यस अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका हुन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब ४९ अर्ब आठ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो कारोबार कारोबार २० खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैङ्कले पुस मसान्तसम्ममा २३ खर्ब १६ अर्ब ९८ करोड रुपैयाँ अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ खर्ब ७३ अर्बरूपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैङ्कले १८ खर्ब ४३ अर्ब ८ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए।