माउन्टेन इनर्जीले ०.७८९५ प्रतिशत लाभांश वितरण गर्दै

माउन्टेन इनर्जीले ०.७८९५ प्रतिशत लाभांश वितरण गर्दै


काठमाडौं– माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको उक्त लाभांश वितरण गर्न लागेको हो । लाभांश पारित गर्न कम्पनीले चैत १३ गते साधारणसभा डाकेको छ ।