शेयर बजारमा ११ अंकको गिरावट, कारोबार रकम २ अर्बमा खुम्चियो

शेयर बजारमा ११ अंकको गिरावट, कारोबार रकम २ अर्बमा खुम्चियो


काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार ११ अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ७८ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको । बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।