काठमाडौं– नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले देशमा सरकारको मात्रै अस्थिरता नभएर नीतिगत अस्थिरता पनि भएको बताएका हुन् । उनले देशमा भ्रष्टाचार बढिरहेको बताउँदै मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भुमिकामा हुने भएपनि वर्षौँ पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको दाबी गरे उनले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुपर्नेमा पनि जोड दिएका छन् ।
उनले भने, ‘सहकारी पीडितलाई न्याय दिने काम यही सरकारको होइन र ? कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग गर्न चाहन्छु । नीतिगत अस्थिरता छ । भ्रष्टाचार बढिरहेकोमा कुनै शंका छैन । मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भुमिका हुन्छ । तर वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको छ । सरकार इमान्दार हुन सत्तारुढ हुन वा प्रतिपक्षि हामी सबै इमान्दार हुनुपर्छ । त्यसको शुरुवात यही संसद भित्रबाट गरौँ । संसदलाई सशक्त बनाउने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र समितिलाई प्रभावकारी किन बनाउन सकिरहेका छैनौँ ? अब समिक्षा गर्ने बेला आएको त होइन ?’
उनले कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकारले उपलब्ध गराउने वाचा गरे अनुरुपको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग समेत गरे । उजले संसदलाई सशक्त, सरकारलाई संसदप्रति उत्तरदायी र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकेको भन्दै यसप्रति समिक्षा गर्नुपर्ने बताए ।
प्रतिक्रिया