काठमाडौं – गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीका कारण ११ बैंकको झन्डै ७३ अर्ब क्षति भएको छ । अर्थ समितिले रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३ सार्वजनिक गरेको हो ।
सो प्रतिवेदनले ११ वटा बैंक तथा वित्तीय संस्थाका १४ वटा शाखाहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएको उल्लेख छ । सोही बाढीका कारण बैंकहरुको २६ जना कर्मचारी बेपत्ता छन् ।
बैंकहरुको नगद बाहेक कूल सम्पत्ति नोक्सानी करिब ५५ अर्ब ६८ करोड रहेको छ । बैंकहरुको नगद करिब १७ अर्ब २४ करोड नोक्सानी भएको हो ।






About Us
प्रतिक्रिया