सस्तो ब्याजदरमा घर कर्जा दिँदै नेपाल बैंक


काठमाडौं – नेपाल बैंकले चाडपर्व लक्षित गरी सहुलियत दरमा घर कर्जा प्रदान गरिरहेको छ । बैंकले आधार दरमा सीमित प्रिमियम जोडेर घर कर्जा दिन थालेको हो । 

आवास कर्जामा ग्राहले आधार दरमा ०.५ प्रतिशत मात्र जोडी ४.९५ प्रतिशत ब्याजदरमै कर्जा लिन सक्दछन् । स्थिर ब्याजदरमा घर कर्जा लिन चाहन ग्राहकहरूले ५.९९ प्रतिशतमै सुलभ आवास कर्जा लिन सक्ने बैंकले जनाएको छ । नेपाल बैंकका नेपालभरका शाखाहरूबाट ०.५ प्रतिशत मात्र सेवा शुल्कमा घर कर्जा लिन सकिने बैंकले जनाएको छ।  

घर खरिद खरिद मर्मत तथा अपार्टमेन्ट खरिद गर्ने प्रयोजनको लागि घर कर्जा लिन सकिने बैंकले जनाएको छ ।