काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको असोज गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने समेत बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।






About Us
प्रतिक्रिया