काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको दुईवटा कम्पनीको शेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो ।
पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा राखिएको छ ।विद्यमान संस्थापकहरुले पुनर्बीमाको सेयरमा प्रतिकित्ता २८० रुपैयाँभन्दा माथि हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन्।
बिक्री प्रवन्धक एनएमबी क्यापिटलले न्युनतम १५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने जनाएको छ । त्यस्तै कोषको शेयरमा न्यूनतम ७८० रुपैयाँ मूल्य कायम हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया