काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो ५ लाख १३ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको छ । फागुन १६ गतेबाट बिक्रीमा राखेको शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्।
न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको शेयरमा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने बैंकले जनाएको छ।
खरिदका लागि फागुन २७ गते दिउँसो २ बजेसम्म आवेदन दिन सकिने जनाउँदै बैंकले लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने समेत जनाएको छ । खरिद आवेदन काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।



About Us
प्रतिक्रिया