कागजपत्र चाहिँदैन, बैंक पनि धाउनु पर्दैन, अब मोवाइलबाटै लोन पाईन्छः विश्व सिंह

Manoj Regmi
266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
    
मेगा बैंक लिमिटेडले बैंकका शाखामा नधाईकिनै कर्जा लिन सकिने जनाएको छ । मेगा बैंकमा डिजिटल तथा ई– बैकिङ्ग विभाग प्रमुख विश्व सिंहले यस्तो खालको कर्जा (लोन) लिनको लागि कागजपत्र पनि आवश्यक नपर्ने जिकिर गरे । उनले भने ‘मेगा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि फोन लोन नामक नयाँ कर्जा सुविधा बजारमा ल्याएको छ । यस्तो कर्जा लिनको लागि अत्यन्तै सहज र सरल पनि छ ।’

यो कर्जा सुविधामा ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि रु २ लाख सम्मको कर्जा (फोन लोन) सुविधा सहजै प्राप्त गर्न सकिने विश्व सिंहले जानकारी दिए । उनले भने, ‘यस्तो खालको कर्जा (लोन) को मोवाईल बैकिङ्गको प्रयोग भने गरेको हुनुपर्नेछ ।’ नियमित आय आर्जनको स्रोत भएका, बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले यो सेवा मार्फत सजिलै कर्जा पाउन सक्ने सिहंले बताए । 

ग्राहकहरु लाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त गर्न सकिने सिंह बताउँछन ।  

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्तगर्न सकिने जस्ता विशेषताहरुले गर्दा यो लोकप्रिय सेवा हुन सक्ने उनको दावी छ । मुलुकलाई नै ‘क्यासलेस कारोबार’ तर्फ अगाडी बढाउन मेगा बैंकको यो अर्कौ विशेष पहल भएका उनको विश्वास छ । 

करिब १२ लाख ग्राहक रहेको यस बैंकमा अनलाईनमार्फत कारोबार गर्ने करिव ७ लाख ग्राहकहरुहरुले कुनै न कुनै डिजिटल माध्यबाट कारोबार गर्ने गरेका छन । यस्ता ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमा मेगा बैंकले नयाँपन प्रदान गर्न हरबखत प्रयास गरेको विश्व सिंह बताउँछन । इन्टरनेट र ब्रोडब्यान्ड अनि स्मार्ट फोनको पहुँच ग्रामीण क्षेत्रमा पुगेसँगै डिजिटल बैंकिङ्ग सेवा पनि गाउँ–गाउँसम्म पुगेका बेला ग्रामीण स्तरमा पनि यो सेवाले थप नयाँपन थप्नसक्ने सिंहको विश्वास छ । 

\"\"