एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको आइपीओ आउँदैः हजार रुपैँयामै ३० ठुला कम्पनीहरुमा लगानी गर्ने मौका 

एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको आइपीओ आउँदैः हजार रुपैँयामै ३० ठुला कम्पनीहरुमा लगानी गर्ने मौका 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशियाबैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालनहुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड)’को आई पिओ असार १० गते देखि निष्कासन हुने भएको छ। 

एनआई सी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल मार्फत संचालन हुने तेश्रो बन्दमुखी योजना इन्डेक्स फन्डको १० रुपैयाँअंकित दरका कुल १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई यहीमिति २०७८ साल आषाढ १० गते देखि आषाढ १४ गतेसम्म सार्वजनिक निष्कासन गर्न लागिएको व्यहोरा क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले जानकारी दिए । उक्त इन्डेक्स फण्डमा लगानीकर्ताहरुले न्युनतम १०० इकाई देखि अधिकतम १ करोड इकाइ सम्म खरिद आवेदन दिन सक्नेछन ।

 ‘एनआईसी एशिया सेलेक्ट ३०’ नै किन रोज्ने?
एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआई सी एशिया सेलेक्ट–३० इन्डेक्स फन्ड सात वर्ष अवधि रहेको  बन्दमुखी योजना हो। योजनाको महत्व र विशेषताको बारेमा थप स्पष्टिकरण दिँदै सिईओ रायमाझीले भने, ‘यस योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिनेछ । यस योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुबाट राम्रा र उत्कृष्ट मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिनेछ । यो लगानीकर्ताहरुको लागि हजार रुपैँयामै ठुला कम्पनीको शेयर किन्ने मौका हो ।’

लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने उनले बताए । सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह तथा उप–समूहमा समावेश भएका कम्पनीहरुबाट छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र शेयर बजारमा कायम गरेको सम्पूर्ण समूह तथा उप–समूहको प्रतिनिधित्व गर्नेछ । त्यसैले सेलेक्ट–३० फन्डलाई इन्डेक्स फन्ड भनिएको उनले बताए । 
उनले भने, ‘सूचीकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएपनि लगानीको अवसर र चुनौती  हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्ने भएतापनि निश्चित समयपछि उक्त कम्पनीहरुको संख्यालाई पुनःमूल्यांकन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिने छ ।’

कसरी किन्ने ?
यस इन्डेक्स फण्डको इकाई खरिद गर्नको लागि लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु बाट खरिद आवेदन दिन सक्नेछन ।साथै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट अनलाइनबाटै सहजै रुपमा आवेदन दिन सकिनेछ ।

पुराना फण्डहरुको प्रगती देखेर लगानीकर्ता आकर्षित भएः रायमाझी

हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ। पुराना फण्डहरुबाट राम्रो प्रतिफल दिन सफल भएकै कारणले यस्ता बन्दमुखी योजनाहरुमा लगानीकर्ताहरु आर्कषित भएको उनी बताउँछन । साथै क्यापिटलले चौथो बन्दमुखी योजना NIC ASIA Flexi CAP Fund संचालन गर्नको लागि नेपाल धितोपत्रबोर्डमा स्वीकृतीको लागि पेश गरिसकेको समेत जानकारी गराए ।  

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआई सी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सइओ) रमेन रायमाझीसँग गरिएको कुराकानीमा आधारीत )