ठमेल प्लाजा आइपीओ जारी गर्दै

ठमेल प्लाजा आइपीओ जारी गर्दै


काठमाडौं- ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । प्लाजाको सञ्चालक समितिको बैठकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पछि आईपिओ जारी गर्ने प्रस्ताव अघि सारेको हो । साधारणसभा भने आगामी चैत ७ गते प्लाजाको सभाकक्षमा दिउँसो ४ बजेबाट सुरु हुनेछ।

आइपीओ ल्याउन नियमनकारी निकायहरुबाट कुनै किसिमको फेरबदल, संशोधन एवं थपघटसम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिमको आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई आवश्यक जिम्मेवारी सुम्पिने प्रस्ताव पनि सभाले हेरफेर गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिनेछ।

साथै पुँजी संरचना परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव र बैंक तथा वित्तीय संस्थाबाट चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ) भन्दा बढी ऋण लिने जिम्मेवारी पनि सञ्चालक समितिलाई दिइने निर्णय सभाले गर्नेछ ।