शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८ करोड

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८ करोड


काठमाडौं– आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार २६.८१ अंकले घटेर १,९७९ को विन्दुमा कायम भएको छ । आज जम्मा ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०६ कम्पनकिो शेयरभाउ घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज वाणिज्य बैंकहरुको १.६३ प्रतिशत, विकास बैंक समूहको १९.०६ प्रतशितले सेयर मूल्य घटेको हो ।

आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएसँगै यस कम्पनीको कारोबार रकम २५ करोड १८ लाख रुपैयाँ पुगेको छ ।