काठमाडौं– अम्बे स्टिल्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
सभाले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीओबाट प्राप्त रकमको उपयोगको प्रस्तावसमेत पारित गर्नेछ ।
प्रतिक्रिया