नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट


काठमाडौं – मंगलबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.७६ अंकले घटेर २ हजार ३३ को विन्दुमा पुगी बन्द भएको छ ।

आज ३ सय १४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ पुगेको छ ।

आज ९० कम्पनीको कारोबारमा सकारात्मक देखिँदा १५० कम्पनी घाटामा गएका छन् । ९ कम्पनीको कारोबार भने स्थीर छ । आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बोटल्र्स नेपाल (बालाजु) लिमिटेड रह्रयो, भने कम कारोबार हुने कम्पनीमा ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड रहेको छ ।