काठमाडौं– बुधबार नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३०.५६ अंकले घटेको नेप्से आज ५.९१ अंकले बढेर २ हजार ७६ को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३ सय २ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर खरिदबिक्री हुँदा ४अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ ।
आज १ सय १३२ कम्पनी नाफामा देखिएका छन् भने १११ कम्पनी घाटामा छन् । ४ वटा कम्पनीको कारोबार भने स्थिर छ ।
कारोबार बढी गर्ने कम्पनीको सूचीको पहिलो स्थानमा नेपाल फाइनान्स लिमिटेड रह्यो । सबैभन्दा कम कारोबार गर्नेमा एनआइसी एसिया ब्यालेन्स फण्ड रहेको छ ।
प्रतिक्रिया