काठमाडौं –एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको १८ औं वार्षिक साधारण सभा बिहीबार फागुन ३ गते अर्थात भोलि बस्ने भएको हो ।
बिहीबार फागुन ३ गते १८ औँ वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ। यस्तै, आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ।
आर्थिक वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
प्रतिक्रिया