काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत १ः१ अनुपातमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो ।
त्यस अनुरूप पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।



About Us
प्रतिक्रिया