कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप


काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको इकाईमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले आइतबारदेखि निष्काशन गरेको इकाईमा आवेदन दिने म्याद थप गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ ।

जसबाट  १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ ।  बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला हुनेछ ।