काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयको अनलाइन प्रणाली अवरुद्ध भएको छ । एक सूचना जारी गर्दै सचिवालयले वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने प्रणालीमा समस्या आएको जानकारी दिएको छ ।
साथै प्रणालीको मर्मतको काम भईरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने पनि सचिवालयले जर्नाको छ । सचिवालयले इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य निरन्तर रुपमा सुचारु भैरहेको जानकारी सूचनामार्फत दिएको छ ।



About Us
प्रतिक्रिया