काठमाडौं– सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १०.५० अंकले घटेको नेप्से आज १३.७० अंकले बढेर २ हजार ९९ को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३ सय १४ कम्पनीको ९ करोड ९० लाख १ हजार ६५२ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ५० करोड ४८ लाख १८ हजार ७३० रुपैयाँ पुगेको छ ।
आज १ सय ८४ कम्पनी नाफामा देखिएका छन् भने ५९ कम्पनी घाटामा छन् । ५ वटा कम्पनीको कारोबार भने स्थिर छ ।
प्रतिक्रिया