नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार भएको विषयमा सचिव मधुकुमार मरासिनी अदालतमा उपस्थित भएका छन् । सचिव मरासिनीसँग विशेष अदालतले बयान लिइरहेको छ ।
सचिव मरासिनी यसअघि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख थिए। त्यस समय उनले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेसनल पेमेन्ट गेटवे खरिद शीर्षकमा नियमित चरणहरूमा गर्नुपर्ने कुनै पनि कार्य नगरी बजेट प्रविष्ट गरेको भेटिएको थियो।
उनीमाथि सोसम्बन्धी आवश्यक कागजातसमेत समावेश नगरी आफूमातहत र माथिल्लो अधिकारीलाई समेत जानकारी नगराई २५ करोड रुपैयाँ विनियोजन गराएको अभियोग छ। उनले रातो किताबमा समेत बजेट समावेश गराएका थिए भने सार्वजनिक खरिद नियमावलीका विभिन्न नियमविपरीत गई निर्णय गरेको भेटिएपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो।
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस मुद्दामा आदेश गर्नेछ। मरासिनीभन्दा अगाडि यसै मुद्दाका अन्य दुई प्रतिवादी अदालत उपस्थित भइसकेका छन्।



About Us
प्रतिक्रिया