आद्यान्तका संस्थापक पौडेल नेपाल युथ आइकन रिकग्निशन अवार्डबाट सम्मानित


काठमाडौं – आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेल नेपाल युथ आइकन रिकग्निशन अवार्ड २०२३ बाट सम्मानित भएका छन् । पौडेललाई नेपाल व्यवस्थापन संघले नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत अवार्ड दिएको हो ।

शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई अवार्डबाट सम्मान गरेका हुन् । पौडेलले विश्वका विभिन्न प्लेटफर्ममा नेपालको निजी क्षेत्रको तर्फबाट लगानीको गन्तव्यका रूपमा कुशलतापूर्वक प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको संघले जनाएको छ ।

पौडेल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका सभापतिसमेत रहेका छन् ।