साधना र सबैको लघुवित्त मर्जरमा जाँदै, को बन्दैछ सीईओ ?


काठमाडौं- साधना र सबैको लघुवित्त मर्जरको अन्तिम चरणमा पुगेको छ । साधना लघुवित्तको फागुन १९ गते हुने वार्षिक साधारण सभाले मर्जरको काम अगाडि बढाउने तयारी रहेको छ ।

मर्जरपछि लघुवित्त संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था बन्ने छ । सभाले साधना र सबैको लघुवित्त संस्थाबीच गाभ्ने–गाभिने प्रयोजनका लागि दुवै कम्पनीको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेनदको आधारमा र सयुक्त मर्जर समितिको सिफारिसको आधारमा साधना लघुवित्तले १ः१ को अनुपातको स्वाप रेसियोमा मर्जर गर्नका लागि स्वीकृति दिने विषयमा छलफल गर्नेछ ।


सबैको साधना लघुवित्तमा को बन्ला सीईओ ?
साधना लघुवित्त र सबैको लघुवित्त मर्जरपछि सीईओ को बन्ला भन्ने विषयमा सबैको चासो बढेको छ । साधना लघुवित्त र सबैको लघुवित्त मर्जरपछि बन्ने सबैको साधना लघुवित्तको सीईओ केशब कुमार पौडेल बन्ने छन् । सीईओ पौडेलले हाल सबैको लघुवित्तको नेतृत्व गर्दै आएका छन् । त्यस्तै साधना लघुवित्तका सीईओ रेशम न्यौपाने भने डीसीईओ रहने छन् ।