सेयर बजारसँगै कारोबार रकम पनि बढ्यो

सेयर बजारसँगै कारोबार रकम पनि बढ्यो


काठमाडौं – कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार ९.४४ अंक बढेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ९.४४ अंकले बढेर २०८५ अंकमा कायम भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज २ अर्ब ५९ करोडको कारोबार भएको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको थियो ।

आज १८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे ।