चितवन– नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवर र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) राजन अधिकारी एक साथ चितवनमा सम्मान भएका छन् । भरतपुर–५ मा रहेको प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनको अवसर पारेर भरतपुर महानगरकी मेयर रेनु दाहालले सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मानित गरेकी हुन् ।
सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थापनासगैँ सडक बालबालिका मुक्त समाज निर्माणमा पुराएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईले जानकारी दिए । चितवन प्रहरी प्रमुख हुदाँ आईजिपी कुवँर र जिल्ला प्रवक्ता हदाँ एसएसपी अधिकारी प्रत्यक्ष संलग्नतामा यहाँ पिटुसिटु स्थापना भएको थियो ।
२०७२ सालको असोजमा चितवन प्रहरीमार्फत सडक बालकहरुको व्यवस्थापन गराउने अभियान थालेकोमा २०७३ साल वैशाख १ गते विधिवत रुपमा स्थापना भएको थियो। अभिभावकविहीन अवस्थाका बालकहरुलाई प्रकृया पु¥याएर पिटसिटुमा राख्ने व्यवस्था मिलाएको छ। पिटुसिटुले हालसम्म करिब ८० जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइसकेकोमा हाल ४० जना संरक्षित बालकहरु रहेका पिटुसिटुमा रहेकोअध्यक्ष बेलबहादुर गुरुङले बताए ।






About Us
प्रतिक्रिया