काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४७ अकंले घटेर २६ सय १३ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो।
आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शिवम सिमेन्टको २९ करोड ७८ रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, १० प्रतिशत केबीएल डिबेन्चर २०९० का लगानीकर्ताले १२.१७ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया