काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।
भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्ने बताए।
राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसिया इच्छुक रहेको बताउँदै सहकार्यका नयाँ सम्भावना खोजेर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने धारणा राखे।






About Us
प्रतिक्रिया