नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन

नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन


काठमाडौं – सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने आवश्यकता रहे–नरहेको विषयमा अध्ययन गराउन समिति गठन गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकाे हाे ।

धितोपत्र बोर्डले गत चैतमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरुगरेको भएपनि पटक पटक यो अवरुद्ध भएको थियो। सो समय बोर्डमा स्टक एक्सचेन्जका लागि तीनटा कम्पनीको आवेदन परेको थियो।

धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो। नयाँ स्टक ल्याउन आर्थिक चलखेल भएको भन्दै विरोध हुँदै आएको छ।