काठमाडौं – सोमबार सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३१.४९ अंक घटेसँगै २०९८ अंकमा कायम भएको हो । कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ३६ करोडमा खुम्चिएको छ ।
आज ब्यापारबाहेकका सबै समूह घटेका छन् । व्यापार समूह ०.३५ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.२ प्रतिशत घटेको छ। अंकका आधारमा बैंकिङ १३, विकास बैंक ६३, फाइनान्स ३२, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ६०, जीवन बीमा ८१, उत्पादन ७८, माइक्रोफाइनान्स ७६, निर्जीवन बीमा १३७ र अन्य समूह ३१ अंक घटेका छन् ।
प्रतिक्रिया