काठमाडौं- साताको शेयर कारोबारको पहिलो दिन आज शेयर बजारमा २५ अंकको गिरावट आएको छ । आज २५.६३ अंकको गिरावट आएर शेयर बजार परिसूचक २१३०.१८ बिन्दुमा पुगेको छ ।
आज ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया