बिहीबार नेप्से परिसूचक ७ अंकले घट्यो, काराेबार ८ अर्ब बढी

बिहीबार नेप्से परिसूचक ७ अंकले घट्यो, काराेबार ८ अर्ब बढी


काठमाडौं– कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२४ अंकले घटेको छ । ०.३३ प्रतिशको गिरावटसँगै परिसूचक २१५५ मा रोकिएको छ । आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो ।

आज ८ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २ करोड ११ लाखभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।