प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि


काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको बताएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोष ११.२८ प्रतिशत बढेको छ।