शेयर बजारमा ५४ अंकको सुधार, कारोबार रकम ८ अर्ब माथि

शेयर बजारमा ५४ अंकको सुधार, कारोबार रकम ८ अर्ब माथि


काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार भारी अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा उक्लिएको छ।

शेयर बजारमा मंगलबार २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

बजार बढ्दा २१४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ वटाको शेयरभाउ घटेको छ।