काठमाडौं,
हिमालयन हाइड्रोपावर लिमिटेडले आज १६औं वार्षिक साधारण सभा गर्दैछ । सभा वाटरफ्रन्ट रिसोर्ट लेक साईट पोखरामा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । कम्पनीले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते देखि २५ गते सम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया