बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएका छ ।
प्रतिक्रिया