नेप्सेमा दुई विकास बैंकसहित एक लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा दुई विकास बैंकसहित एक लघुवित्तको सेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा सोमबार एकैदिन दुई विकास बैंक र एक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक र गरिमा विकास बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमा, गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३७४.४३ रुपैयाँ कायम भएको छ। लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ४०२ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३८६.५४ रुपैयाँ कायम भएको छ। त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।