युनाइटेड मेवा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

युनाइटेड मेवा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


काठमाडौं–युनाइटेड मेवा खोला हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ ।

सोमबार एक कार्यक्रममा सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच उक्त नियुक्त सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

युनाइटेड मेवा खोला हाइड्रोपावरले निर्माण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।