अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन सामान्य अंकले घट्यो नेप्से

अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन सामान्य अंकले घट्यो नेप्से


बैकिङ्ग समाचार, काठमाडौं ।

अंग्रेजी वर्षलाई सेयर बजारले घटेर स्वागत गरेको छ। आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ७५ अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको करोबार भएको छ । कम्पनीको २० करोड १३ लाखको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।