सानिमा बैंकको नाफामा गिरावट

सानिमा बैंकको नाफामा गिरावट


काठमाडौं – सानिमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा गिरावट आएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो।

बैंकले पहिलो त्रैमासमा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशत बढेको छ। हालसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोष ५.३७ प्रतिशत बढेको छ।