मंगलबार पनि सेयर बजारमा ‘सेलिङ प्रेसर’, एक घण्टामा एक अर्ब बढीको कारोबार

मंगलबार पनि सेयर बजारमा ‘सेलिङ प्रेसर’, एक घण्टामा एक अर्ब बढीको कारोबार


काठमाडौं– सेयर बजारमा आज पनि ‘सर्टटम’ लगानीकर्ताहरु ‘प्रोफिट बुकिङ’मा लागेका छन्। मंगलबार कारोबार सुरु भएको एक घण्टामा एक अर्ब बढीको कारोबार भएको छ। दिउँसो १२ बजेसम्म एक अर्ब ४८ लाख रूपैयाँ बराबरकाे २६ लाख ५४ हजार कित्ता सेयर खरिद-बिक्री भएकाे छ।

यद्यपि, याे साेमबारकाे भन्दा कम हाे। साेमबार नियमित काराेबार सुरू भएपछि एक घण्टाकाे अवधिमा १२ बजेसम्म २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकाे थियाे।

घिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

लामो समयदेखि घट्दै गएको बजारमा आइतबार तीनवटा पोजेटिभ सर्किट लागेपछि २ घण्टामै बजार बन्द भएको थियो।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षपछि बजार खुलेको पहिलो दिन आइतबार ११ दशमलव २० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द बजार बन्द भएको थियो। तर कारोबार रकम न्यून थियो। राष्ट्र बैंकको प्रथम त्रैमासिक समीक्षाले कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेर नीतिगत दर पनि घटाएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको थियो।

पोजेटिभ सर्किट लागेपछि सर्टटम लगानीकर्ताहरु प्रोफिट बुकिङमा लागेका हुन्। सोमबार पछिल्लो पाँच महिनायताकै उच्च कारोबार भयो। हिजो ४ अर्ब ८४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। लगानीकर्ता प्रोफिट बुकमा लागेपछि सोमबार सेयर बजार १५ दशमलव ४० अंकले घटेको थियो।

मंगलबार दिउँसो १२ बजेसम्ममा नेप्से परिसूचक १८ दशमलव २१ अंकले बढेर एक हजार ९६६ दशमलव २१ बिन्दुमा पुगेको छ।